WHAT DOES IT MEAN TO WORSHIP GOD IN SPIRIT AND IN TRUTH.
In Spirit: This means that our heart, soul, mind, and spirit must be in the worship. We can’t except God to bless us in the worship if we are chewing gum, looking around, talking and laughing, fumbling with a song book or thinking about worldly things. unfortunately, too much of this is done. If you expect to be edified in the worship you must put your soul into it. Whatever act of worship is being engaged in, every Christian should have his soul in that act.
In Truth: This means that what we do in worship, the acts that we engage in, must be directed by the word of God. In John 17:17 our Lord says, “Sanctify them by Your truth. Your word is truth.” the Christian not to do in worship what ever he may want to do. Nothing is to be practiced in the worship as a part of the worship that is not prescribed by the word of God. Otherwise the worship is vain. In worship, we are to worship God and do what please Him, not ourselves. There is too much worship that is a matter of entertainment, doing those things that please the people.
Note:
1.Musical hymns is against the truth. 2.Dancing in musical hymns is just beyond the scripture. 3.clapping in the sermon is denominational act etc.
Please edify the congregation according to the scripture.
The Church is the body of Christ, Jesus Christ is the head of the Church.
The Narayangarh Church of Christ welcomes you to come and worship with us in spirit and in truth.
Thank you
http://www.ngtcoc.org.np/wp-content/uploads/2020/10/ngtlogo-300x203.jpg00Sagar Khatihttp://www.ngtcoc.org.np/wp-content/uploads/2020/10/ngtlogo-300x203.jpgSagar Khati2020-10-31 04:58:552020-10-31 04:58:55Worship God in spirit and in truth
यस संसारमा धेरै जसो बुद्धिमान मानिसहरुले पर्मेश्वोरलाई विश्वाश गर्दैनन् । किनकी तिनिहरु पर्मेश्वोर भन्दा आँफैलाई बढी बुद्धिमान सम्झन्छन् । वास्तबमा पर्मेश्वोरले हरेक व्यक्तीलाई रोज्ने स्वन्तन्त्रता दिनुभएको छ । जस्तो लेखिएको छ कि “तर यदी परमप्रभु सेवा गर्न तिमीहरुलाई मन पर्दैन भनेता, तिमीहरु कसको सेवा गर्ने आजै तिमीहरुले रोज – कि तिम्रा पिता पुर्खाहरुले युफ्रेटिस नदी पारी पुजेका देवताहरु कि तिमीहरु अहिले बसेका देशका एमोरीहरुका देवताहरु । तर म र मेरा घरानाले परमप्रभुकै सेवा गर्ने छौ (यहोशु २४:१५) ।”
के रोज्ने स्वन्तन्त्रता जिम्मेबारीसहितआउदैन र ?
बिचार शक्तिको नियम (Law of Rationality) अनुसार कुनै पनि कुराको निर्णय गर्नु भन्दा अघी बुद्धिमानी र होसियारीकासाथ सम्पूर्ण तथ्य प्रमाणलाई आधारमानी एउटा निष्कर्षमा पुग्नु पर्दछ । तसर्थ हरेक जिम्मेवार व्यक्तीका लागि सत्य जान्नु र पलना गर्नु पनि एउटा उत्तरदायित्व बन्छ । जस्तै लेखिएको छ कि ” तव तिमीहरुले सत्य के हो सो जान्ने छौ, र सत्यले तिमीहरुलाई स्वन्तन्त्र तुल्याउनेछ (युहन्ना ८:३२) ।”
केही नास्तिकहरुको भनाइ :(१)
इसहाक एशिनोवबैज्ञानिक इसहाक एशिनोवले भनेका थिए कि “म भावनात्मक रुपमा एउटा नास्तिक हुँ, “मलाई लाग्छ पर्मेश्वोर हुनुहुन्छ भन्ने कुनै प्रमाण छैन । तसर्थ उहाँ हुनुहुन्छ कि हुनुहुन्न भन्ने प्रमाणको खोजी गरेर म आफ्नो समय बर्बाद गर्न चहन्न्न ।”
(२) प्रत्यक्षवाद पर्मेश्वोरको अस्तित्व जान्नका लागि कुनै त्यस्तो प्रमाण प्रकट गरिएको छैन भन्ने बिश्वासलाई प्रत्यक्षवाद भनिन्छ ।
(३) शंशायवाद पर्मेश्वोर हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरामा शंका गर्ने ब्यक्तिहरु ।
(४) प्रयोगसिद्ध बैज्ञानिक प्रमाण
प्रयोगसिद्ध बैज्ञानिक प्रमाण भनेको हाम्रा पाँचवटा इन्द्रियहरुसंग सम्बन्धित छ । देख्ने , सुन्ने, छाम्ने, सुँघ्ने र चाख्ने । यी पाँचवटा इन्द्रियद्वारा प्रमाणित नभएको कुनै पनि कुरा अस्तित्व छैन भनि बिश्वास गर्ने ब्यक्तिहरु ।
वास्तविक तथ्य पर्मेश्वोर अस्तित्वमा हुनुहुन्न भन्नका लागि कुनै पनि ब्यक्तिले यस ब्रह्माण्डमा बिद्यमान हरेक कोण जानेको हुनुपर्छ । यदि त्यसले एउटै पनि कुरा छुट्टायो भने त्यहाँ पर्मेश्वोरको अस्तित्व हुन सक्छ । बैज्ञानिकहरुले प्रमाणित गर्न नसकेको कुराहरु (१) प्रेम (२) घृणा
(३) आनन्द (४) दु:ख
अबिस्वासका सातवटा कारणहरु (१) पर्मेश्वोरको बारेमा जान्दै नजानी सिधै उहाँलाई इन्कार गर्ने । (२) अभिभावकको प्रभावले गर्दा किनकि छोराछोरीहरुले आफ्नो बाउबाजेले अपनाएको संस्कार चाहे त्यो गलत किन नहोस त्यसलाई इन्कार गर्न सक्दैनन । (३) शिक्षित हुँदा पनि पर्मेश्वोरलाई अबिस्वास गरिरहेका हुन्छन् । किनकी तिनिहरु आफ्नो अत्यधिक शिक्षाको कारणले घमण्ड गर्ने गर्दाछन् र पर्मेश्वोर भन्दा पनि आफुलाई बुद्धिमान सम्झन्छन् । (४) अनैतिक आचरणले गर्दा पनि अविश्वास गरिरहेका हुन्छन् । किनकी पर्मेश्वोरलाई अपनाउदा आफ्नो कुलत आचरणलाई त्याग्नुपर्छ, जुन कुरा गर्न तिनिहरु असमर्थ छन् । (५) बौद्धिक संगत पनि अर्को एउटा कारण हो, कतिपय जवान भाइ बहिनीहरु आफ्नो साथीहरु समक्ष पर्मेश्वोरलाई विश्वास गर्न लाज मान्ने गर्छन् । किनकी तिनीहरुले पर्मेश्वोरलाई “म बिश्वास गर्छु” भनी भन्दा कतै मेरा साथिहरु म माथी हास्ने पो हो कि भनी डर मान्नेगर्छन् । (६) दु:ख कष्टलाई पनि अविश्वासको एउटा कारण मानिन्छ किनकी मानिसलाई दु:ख कष्ट आउने बित्तिकै “हाय पर्मेश्वोर मलाई किन यस्तो भयो” भन्दै पर्मेश्वोरलाई नै दोष्याउन थाल्छन् । तर वास्तबमा मानिस आफैले दु:ख कष्ट निम्त्याएका हुन्छन् तर विनाकारण पर्मेश्वोरलाई नै आफ्नो गल्तीको दोष दिइरहेका छन् ।
“सुँगुरको मासु नखाओ किनकी त्यो अशुद्ध छ” भन्ने आज्ञा हामी पुरानो करारमा अध्यन गर्न सक्छौं । लेवी ११ मा पर्मेश्वोरले इस्राएलीहरु लाई खानुहुने पशुहरुको सुचि दिनुभएको छ तर सुँगुरचाहिँ नखानु किनकी त्यो अशुद्ध हो भनी आज्ञा गर्नुभएको छ ।
किन पर्मेश्वोरले सुँगुरको मासु नखानु भनी आज्ञा गर्नुभएको थियो ? वास्तवमा पर्म्श्वोरले इस्राएलीहरुलाई कतिपय पशुहरुको मासु खान यसकारण प्रतिबन्ध लगाउनु थियो, किनकी उत्त पशुहरु मांसहारी थिए र जसमा हानिकारक जीवाणु (Parasite) हुन्थ्यो, अनि त्यो समयावधिमा इस्राएलीहरुको पुर्णरुपमा पकाउने त्यस्तो कुनै बिधीपनि थिएन, जसले गर्दा इस्राएलीहरु बिरामी हुन सक्थे भन्ने कुरा पर्मेश्वोरलाई थाहा थियो । यसकारण पर्मेश्वोरले इस्राएलीहरुलाई सुँगुरको मासु खान प्रतिबन्धित गर्नुभयो ।
के आजपनि सुँगुरको मासु खान प्रतिबन्धित छ र? पर्मेश्वोरले पुरानो नियममा सुँगरको माशु खान प्रतिबन्धित गर्नुभएको थियो तर उत्त कुरा नयाँ नियममा आएर लागू हुदैन, किनकी पुरानो करारलाई “क्रुसमा किल्ला ठोकी रद्द गरिदिनुभयो” (कल २:१४) । अब नयाँ करार झन् प्रतपी भएर आएको हुनले पुरानो नियममा सुँगुरको मासु खान प्रतिबन्धित गरिएको कुरालाई नयाँ नियममा फुक्का गरिएको छ । उदाहरणको लागी….. प्रेरित १० अध्यायमा पर्मेश्वोरले पत्रुसलाई “उठ मारेर खाओ भन्ने आज्ञा दिनुभयो (प्रेरित १०:१३) । पत्रुसले भने “मैले आजसम्म अशुद्ध पशुको मासु खाएको छैन” यस्तो लेखिएको छ कि, पर्मेश्वोरले शुद्ध पार्नुभएको छ त्यसलाई अपबित्र नठान” (प्रेरित १०:१५) । पर्मेश्वोरले नयाँ करारमा सुँगुरको मासु खाने आनुमती यसकारणले दिनुभयो कि, उत्त समयमा मासु पकाउने विधि आधुनिक भैसकेको थियो, जहाँ पुर्णरुपमा मासु पकाउदा त्यहाँ जीवाणु नरहेको कारणले त्यो खान सक्ने वा शुद्ध मानिएकाले पर्मेश्वोरले सबैलाई अशुद्ध मासु जो पुर्णरुपमा पकाएकोले शुद्ध हुँदा त्यो खाने आनुमती दिनुभयो ।
यसकारण सुँगुरको मासु खादैमा कुनै पाप हुँदैन । मासु नखादैमा कुनै गलत पनि हुँदैन । ।। धन्यवाद ।।
सम्पुर्ण मानवजाती एउटा नैतीक प्राणी हो । यस ब्रम्हण्डमा सबै भन्दा उत्कृष्ट सृष्टि भनेर मानवजातीलाई नै चिनिन्छ । किनकी मानिस पर्मेश्वोरको स्वरूपमा सृष्टि भएका हुन् । तसर्थ मानिस एउटा नैतिकवान प्राणी हो । वस्तवमा मानवजातीमा नैतीकता कहाँबाट आयो? के यसको सुरुवात मानवजातीको सृष्टीभन्दा अघि भएको थियो वा सृष्टिपछी? यो प्रश्नको उत्तर हरेक मानवजातीले जानेको हुनुपर्छ ।यदी नैतिकता मानवजातीको सृष्टिभन्दा पछी भएको हो भने, कुनै पनि बहुमतद्वारा पारीत भएको कुरा चाहे त्यो निर्णय जती सुकै क्रुर या अमानवीय किन नहोस् त्यो पनि ठीकै मानिनुपर्छ । तसर्थ क्रुर सासक हिटलर द्वारा गरिएको ६० लाख याहूदीहरुको नरसंहार पनि ठिकै हो भनी इतिहासले स्वीकार गर्नुपर्छ। अनि कुनै पनि समाजले बहुमतद्वारा यो ब्यक्तीलाई जिउने अधिकार छैन भनेर त्यसको हत्या गर्दापनी यो ठिकै गरेको हो भनी मानिनु पर्दछ । तर यदी हामी नैतिकवान मानिस हौं भने यसरी हिटलर जस्तो शासक र बहुमतद्वारा गरिएको क्रूर र अमानवीय निर्णयहरु अपराधिक कार्य हुन् भनी बिरोध गरेको हुनुपर्छ । तसर्थ नैतिकता मानवजातिको सृष्टिभन्दा अघिबाटै बिद्यमान भएको हुनुपर्छ । उत्त नैतिकता केहिद्वारा वा कोहिद्वारा दिएको हुनुपर्छ, जो सृष्टि भन्दा शक्तिशाली र महान भएको हुनुपार्छ । सृष्टीभन्दा महान केवल सृष्टिकर्ता अर्थात पर्मेश्वोर हुनुहुन्छ । पवित्र धर्मशास्त्र बाइबलमा उनै पर्मेश्वोरले “तैले हत्या नगर्नु”(रोमी १३:९) भन्ने स्पष्ट रुपमा आज्ञा गर्नुभएको छ । हत्या गर्नु भनेको आत्मा भएको प्राणीबाट उसको जीवन खोस्नु हो । चाहे त्यो हिड्दै गरेको मानिस होस् या आमाको गर्भभित्र बड्दै गरेको शिशु ।
के गर्भपतन गर्नु पनि हत्या हो ?
अमेरिकाले गर्भमा भएको जीवन मार्न पाइन्छ भनी निर्णय गर्यो । जसले हरेक माता पितालाई गर्भमा रहेको बच्चालाई मार्ने नमार्ने अधिकारको लाइसेन्स दिए जस्तैभयो । तर मानिस सबै नैतिक प्राणी भएकाले गर्भपतन गर्ने कुरालाई आफ्नो ब्यक्तीगत इच्छाद्वारा गरेको हो भनी सहर्ष स्वीकार गर्दैनन् तर गर्भपतन गर्नका लागि पनि विभिन्न बाहनाहरु बनाउने गर्छन् । जस्तैः (१) मलाइ छोरा चाहिएको थियो, तर गर्भमा छोरी भएकोको कारणले गर्भपतन गरेको हुँ । (२) बलात्कार भएको कारणले । (३) विवाहभन्दा अघि नै गर्भवती भएको कारणले । (४) पहिलेनै धेरै सन्तान भैसकेको कारणले । (५) झुक्केर गर्भ बसेको कारणले आदि इत्यादी ….तर गर्भपतन गर्नु भने कसैको जीवन उसबाट खोस्नु हो अर्थात् हत्या गर्नु हो । गर्भभित्र रहेको जिवनलाई एकचोटि बिचार गराैंं । बैज्ञानिक नियम अनुसार जीवन जिवितैबाटै आउँदछ (Law of biogenesis) यदि गर्भमा भएको जीवन जिवित हो भने त्यसको गर्भपतन हुनु हत्या हो । आज किन अस्थाई सादनको प्रयोग गर्न प्रचार प्रसार गरिन्छ? किनकि गर्भपतनको आकडा ९०% प्रतिशत पुगेको छ ।
गर्भभित्र मनाव शरीरको बिकास
गर्भ बस्ने बित्तिकै जिवनको सुरुवात हुन्छ । गर्भ बसेको १८-२५ दिनभित्र मुटुको धड्कन धड्किन थाल्छ । ६ हप्तामा शिशुको शरीर चल्न थल्छ, मस्तिष्कको तरङ्ग आइसकेको हुन्छ, उत्त तरङ्गहरुको आवाज एलेक्ट्त्रोएन्सेफलोग्राममा रेकर्ड गर्न सकिन्छ । ७ हप्तामा शिशुले कुनै कुराको कारणले ओठ चलाउन थल्छ । ८ हप्तामा समात्ने, पौडिने र शरीर खेल्न थल्छ । १० हप्तामा शिशुको शरीरले पुर्णरुपमा आकार लिसकेको हुन्छ । १२ हप्तामा तरल पदार्थ निकाल्दै, बुढी औंला चुस्छ, निल्छ, रुन्छ, सुत्छ, उठ्छ अनि सबै शरीरको प्रणाली निरन्तर काम गर्दछ र मस्तिष्क पुर्ण रुपमा काम गर्न थल्छ । १२ हप्तामा नयाँ केही बन्दैन तर शिशुको शरीर तिब्र गतिमा बढ्न थल्छ । ९ महिनामा शिशुको जन्म हुन्छ । ताजा हावामा सास फेर्छ र दूध खान थल्छ ।
एउटा आमाको तर्क
गर्भमा भएको शिशुको सम्बन्धमा एउटी आमाले भन्छिन् “यो मेरो शरीर हो मलाई जे मन लाग्छ त्यो म गर्छु ।” तर वास्तवमा हेर्ने हो भने एउटा आमाले यस्तो सोच राख्नु गलत कुरा हो । अनि बैज्ञानिक रुपमा हेर्ने हो भने पनि गर्भमा भएको शिशुको शरीर र आमाको शरीर बेग्लाबेग्लै शरीर हुन् । किनकी स्त्रीबाट जन्मेको सबै शिशुहरु स्त्री मात्र हुदैनन् तर पुरुष पनि त हुन्छन् । कतिपय समयमा शिशुको रगत र आमाको रगतको समूह पनि बेग्लै हुन्छ । मस्तिष्कको तरङ्गहरु बेग्लै हुन्छन् । रक्त संचार प्रणाली पनि बेग्लैरुपमा काम गरिरहेको हुन्छ । यसकारण एउटै शरीर हो भनेर तर्क गर्नु एउटा मुर्खता हो ।
गर्भभित्र भएको शिशु मान्छे होइन ?
कतिपय समयमा निर्दय मानिसहरुले गर्भभित्र भएको शिशुलाई मान्छे नै होइन भन्दै “हामीले जे गर्दा पनि हुन्छ” भनी तर्क गर्ने गर्छन् । यदि गर्भभित्र भएको शिशु मानव होइन भने जन्मने बित्तिकै कुन कुराले उसलाई मानव बनाउछ ? यस्ता तर्कहरु केवल गर्भपतन गर्ने बाहना मात्र हुन् । वस्ताविकता उनिहरुको कल्पना भन्दा पनि बाहिर छ ।
बाइबल अनुसार गर्भपतन गर्नु पाप हो
उत्पत्ति १:२६, २७ अनी पर्मेश्वोर्ले भन्नुभयो, मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरुपमा बनाओ, तिनिहरुले समुन्द्रको माछाहरु, आकाशका पंक्षिहरु, पाल्तु पशुहरु र जमिनमा चलहल गर्ने सबै जन्तुमाति अधिकार गरुन् । हिताेपदेश ६:१७ परमप्रभुले घृणा गर्ने कुरा यी नै हुन : अहंकारी अाँखा, झुट बोल्ने जिब्रो र निर्दोषको रगत बगाउने हात । Cross references : Genesis 9:6,7 Psalm 139:13-16 Isaiah 49;5 Jeremiah 1:5 Matthew 1:18 Luke 1:49
Source : Christian Evidence
By : Sagar Khati
http://www.ngtcoc.org.np/wp-content/uploads/2020/10/ngtlogo-300x203.jpg00Sagar Khatihttp://www.ngtcoc.org.np/wp-content/uploads/2020/10/ngtlogo-300x203.jpgSagar Khati2020-10-31 04:34:052020-10-31 04:35:06के गर्भपतन गर्नु पाप हो ?
https://www.ngtcoc.org.np/wp-content/uploads/2020/10/cc.jpg600800Sagar Khatihttp://www.ngtcoc.org.np/wp-content/uploads/2020/10/ngtlogo-300x203.jpgSagar Khati2020-10-29 10:16:032020-10-29 13:19:20Churches of Christ in Nepal