के सुँगुरको मासु खानु पाप हो?

“सुँगुरको मासु नखाओ किनकी त्यो अशुद्ध छ” भन्ने आज्ञा हामी पुरानो करारमा अध्यन गर्न सक्छौं । लेवी ११ मा पर्मेश्वोरले इस्राएलीहरु लाई खानुहुने पशुहरुको सुचि दिनुभएको छ तर सुँगुरचाहिँ नखानु किनकी त्यो अशुद्ध हो भनी आज्ञा गर्नुभएको छ ।
किन पर्मेश्वोरले सुँगुरको मासु नखानु भनी आज्ञा गर्नुभएको थियो ?
वास्तवमा पर्म्श्वोरले इस्राएलीहरुलाई कतिपय पशुहरुको मासु खान यसकारण प्रतिबन्ध लगाउनु थियो, किनकी उत्त पशुहरु मांसहारी थिए र जसमा हानिकारक जीवाणु (Parasite) हुन्थ्यो, अनि त्यो समयावधिमा इस्राएलीहरुको पुर्णरुपमा पकाउने त्यस्तो कुनै बिधीपनि थिएन, जसले गर्दा इस्राएलीहरु बिरामी हुन सक्थे भन्ने कुरा पर्मेश्वोरलाई थाहा थियो । यसकारण पर्मेश्वोरले इस्राएलीहरुलाई सुँगुरको मासु खान प्रतिबन्धित गर्नुभयो ।
के आजपनि सुँगुरको मासु खान प्रतिबन्धित छ र?
पर्मेश्वोरले पुरानो नियममा सुँगरको माशु खान प्रतिबन्धित गर्नुभएको थियो तर उत्त कुरा नयाँ नियममा आएर लागू हुदैन, किनकी पुरानो करारलाई “क्रुसमा किल्ला ठोकी रद्द गरिदिनुभयो” (कल २:१४) । अब नयाँ करार झन् प्रतपी भएर आएको हुनले पुरानो नियममा सुँगुरको मासु खान प्रतिबन्धित गरिएको कुरालाई नयाँ नियममा फुक्का गरिएको छ । उदाहरणको लागी….. प्रेरित १० अध्यायमा पर्मेश्वोरले पत्रुसलाई “उठ मारेर खाओ भन्ने आज्ञा दिनुभयो (प्रेरित १०:१३) । पत्रुसले भने “मैले आजसम्म अशुद्ध पशुको मासु खाएको छैन” यस्तो लेखिएको छ कि, पर्मेश्वोरले शुद्ध पार्नुभएको छ त्यसलाई अपबित्र नठान” (प्रेरित १०:१५) । पर्मेश्वोरले नयाँ करारमा सुँगुरको मासु खाने आनुमती यसकारणले दिनुभयो कि, उत्त समयमा मासु पकाउने विधि आधुनिक भैसकेको थियो, जहाँ पुर्णरुपमा मासु पकाउदा त्यहाँ जीवाणु नरहेको कारणले त्यो खान सक्ने वा शुद्ध मानिएकाले पर्मेश्वोरले सबैलाई अशुद्ध मासु जो पुर्णरुपमा पकाएकोले शुद्ध हुँदा त्यो खाने आनुमती दिनुभयो ।
यसकारण सुँगुरको मासु खादैमा कुनै पाप हुँदैन । मासु नखादैमा कुनै गलत पनि हुँदैन ।
।। धन्यवाद ।।
लेखक:सागर खाती
